दाङबाट फर्किएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि टोल नै शिल



Download our app to get more features

दाङ, १३ जेठ । दाङको घोराही उपमहानगरपालिका ९ भगुवारको गुरैयाँ टोललाई सिल गरिएको छ । 

काठमाडौ स्थित एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्दै आएका एक जनामा कोरोना संक्रमण देखिएपछि गाउँलाई सिल गरिएको हो ।

उनलाई टेकु अस्पतालको आइसोलेशनमा राखेर उपाचार गरिदै छ ।

चैत १० गते दाङ आएका उनि जेठ १ गते मात्र काठमाडौं फर्किएका थिए । काठमाडौं जाने क्रममा अपार्टमेन्टले स्वास्थ्य जाँच गराएर आउनु भनेपछि उनले कोरोना परीक्षण गराएका थिए । परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको देखिएको थियो । 

करिब दुई महिना दाङ बसेका उनमा कसरी कोरोना संक्रमण भयो भन्ने पत्ता लाग्न सकेको छैन । 

उनमा कोरोना संक्रमण पुष्टि भएपछि दाङ स्थित घर रहेको गाउँलाई सिल गरिएको हो । गुरैयाँ टोललाई सिल गरिएपछि १७ घरधुरी रहेको टोलक नागरिकहरुलाई बाहिर निस्कन र बाहिरबाट टोलमा प्रबेशमा रोक लगाईएको छ । 

स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्यकर्मी र टोलबासीहरुले उक्त टोललाई सिल गरेका हुन् ।

Last modified on 2020-05-26 10:49:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts