धनगढी प्रयोगशालामा २४ घन्टामा १ सय ८६ जनाको कोरोना परीक्षण



Download our app to get more features

धनगढी, १३ जेठ । सुदूरपश्चिम स्थित धनगढी प्रयोगशालामा पछिल्लो २४ घन्टामा एक सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा एक सय ८६ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाबको नमुना संकलन गरिएको ६ सय ७१ जनाको नमुना परीक्षण गर्न बाँकी छ । 

अहिलेसम्म सुदूरपश्चिम प्रदेशभरी चार हजार छ सय सात जनाको कोनाना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । दुई हजार दुई सय ८७ जनाको धनगढीस्थित प्रयोगशालामा परीक्षण गरिएको र दुई हजार तीन सय १६ जनाको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको हो ।
 
निर्देशनालयका अनुसार प्रदेशभरी अहिले सम्म २० हजार ८ सय ८७ जनाको र्यापिड टेस्ट गरिएको छ । अहिलेसम्म ७६ जनामा र्यापिड टेस्ट पोजेटिभ देखाएको निर्देशनालयले जनाएको छ । त्यस्मा ५३ जनाको पिसिआर परीक्षण गरिएकोमा बाँकी २३ जनाको पिसिआरमार्फत् परीक्षण बाँकी रहेको छ । २३ जनाको आज परीक्षण गरिने र थ्रोट स्वाबको नमुना संकलन गरिएको निर्देशनालयले जनाएको छ ।
 
सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ८९ जना डिस्चार्ज भएका छन् । प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिलेसम्म एक सय ८९ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ ।

सुदूरपश्चिममा झन्डै २१ हजारको र्यापिड टेस्ट गर्दा ७६ जनामा पोजेटिभ
सुदूरपश्चिम प्रदेशभरी झण्डै २१ हजारको र्यापिड टेस्ट गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरीअहिले सम्म २० हजार ८ सय ८७ जनाको र्यापिड टेस्ट गरिएको हो । सबैभन्दा बढि कैलालीमा सात हजार सात सय ६ जनाको र्यापिड टेस्ट गरिएको छ भने डडेल्धुरामा सबैभन्दा कम ५ सय ६६ जनाको र्यापिड टेस्ट गरिएको छ । सुदूरपश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा भने एक सय ७० जनाको र्यापिड टेस्ट गरिएको छ । र्यापिड टेस्ट गर्दा सोमबार मात्रै १५ जनामा एन्टिबडी देखाएको छ ।
 
यस्तै सुदूरपश्चिमका विभिन्न जिल्लामा र्यापिड टेस्ट गर्दा अहिलेसम्म ७६ जनामा पोजेटिभ देखाएको निर्देशनालयले जनाएको छ । कैलालीमा ३०, बझाङमा २१, बैतडीमा ७, बझाङमा ५, डोटी र कञ्चनपुरमा ४÷४, बाजुरामा ३ र डडेल्धुरामा २ जनामा आरडिटी पोजेटिभ देखाएको निर्देशनालयले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts