कोरोना संक्रमित गाउँपालिका अध्यक्ष पोखरेल भन्छन्– मैले अवसरको रुपमा लिएको छु 



Download our app to get more features

रुपन्देही, १४ जेठ । गुल्मी धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल आफूलाई कोरोना संक्रमण कसरी भयो भनेर अन्योलमा छन् । उनले गाउँपालिकाको हरेक कार्यक्रममा जाँदा सामाजिक दुरी कायम गरेको बताए । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा यसअघि आरडिटी विधिबाट कोरोना परीक्षण गर्दा एक जनामा पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको थियो ।

अध्यक्ष पोखरेलले कोरोना संक्रमण पुष्टि भएपछि नआत्तिन र सतर्कता अपनाउन आग्रह गरेका छन् । आफ्नो  सम्र्पकमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ भईरहेको भन्दै र आफू पनि क्वारेन्टाइनमा बस्ने बताएका छन् । विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘म आफै कसरी संक्रमित भए थाहा छैन । सामाजिक दुरी कायम गरेर काममा हिडेको थिए । गाउँमै  फैलिएको हो कि भन्ने शंका लागेको छ ।’

गाउँमा कोरोना परीक्षण गर्ने किट अभाव छ । सबैलाई परीक्षण गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । उनले भने, ‘मलाई संक्रमण भएको हिसाबले गाउँमा कोरोना फैलिएको छ ।’ समस्या भए गाउँपालिकै आईसोलेसनमा बस्ने उनले बताए । कोरोना संक्रमण भएको बेला पनि केही न केही काम गरिरहेको र यसलाई अवसरको रुपमा लिएको उनले बताए । उनले थपे, ‘यो कमजोर भाईरस हो भन्ने पुष्टि भइसकेको छ । कसैले पनि आत्तिनु पर्दैन ।’

Last modified on 2020-05-28 10:51:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts