नेपालमा एकैदिन एक सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १४ जेठ । नेपालमा एकैदिन १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा गरि १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा प्रवक्ता डा.विकास देवकोटाले नेपालमा हालसम्मकै धेरै संक्रमित आज एकैदिन फेला परेको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । यस्तै कुल संक्रमितमध्ये एक सय ८३ जना निको भएका छन् ।

Last modified on 2020-05-28 10:51:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts