कोरोना महामारीको समयमा रगतको अभाव हुन नदिन जनकपुरमा रक्तदान



Download our app to get more features

जनकपुरधाम । कोरोना (कोभिड–१९) महामारीको समयमा अत्यावश्यक रगतको अभाव हुन थालेपछि जनकपुरका युवाहरुले रक्तदान गरेका छन् ।

लकडाउनलाई मध्यनजर गर्दै रगत अभाव हुन नदिन जनकपुरका ३१ जना युवाले रक्तदान गरेका हुन् । 

नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउनमा रगत अभाव हुन नदिन रगक्तदान गरिएको जनकपुर मडिकल स्टूडेन्ट्स सोसाईटीले जनाएको छ ।

‘लकडाउनमा मानिस घरमै रहने तथा चाहिएको बेलामा रेडक्रस सम्म पुग्न अप्ठयारो हुने तथा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान गरेको कुरा’, जनकपुर मडिकल स्टूडेन्ट्स सोसाईटी अध्यक्ष मनोहर महासेठले भने । 

कोरोना माहामारीका कारण प्रादेशिक अस्पताल जनकपुर हाल कोरोना अस्पतालमा परिणत भएकोले रक्तदान गर्न सर्वसाधारण जान भय पाईरहेकोले, रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेका थियौं ।’

लकडाउनले रगत अभावको बेला जनकपुर मडिकल स्टूडेन्स् सोसाईटीे गरेका रक्तदानले धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटी धनुषाले बताए । जनकपुर जस्तो ठाउँमा दैनिक ५० देखि १ सय पोका रगत आवश्यक पर्छ, सबैले रगत दिन मान्दैनन् त्यस्तो बेलामा बिरामीको अवस्थालाई हरेरे जसरी पनि रगत दिनुपर्छ, अझ यस्तो महामारीमा युवाहरुले गरेको रक्तदान रेडक्रसका लागि बरदान रहेको बताए ।

Last modified on 2020-05-27 19:49:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts