स्वास्थ्य मन्त्रालयमा नयाँ सचिव



Download our app to get more features

काठमाडौं, १५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा भएको छ  । उनको सरुवा भएसँगै मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याल आएका छन् । कोइरालालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। कोइराला तीन महिना अघि मात्रै स्वास्थ्य सचिवमा नियुक्त भएका हुन् । 
उनी स्वास्थ्य मन्त्रालयमा आएदेखि नै विभिन्न विवादमा मुछिदै आएका छन् । कहिले डाक्टरहरुलाई गाली गरेको भन्दै त कहिले डाक्टरहरुलाई अनावश्यक कारवाही गर्ने गरेको आरोप लाग्दै आएको थियो । अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।

Last modified on 2020-05-28 12:42:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts