नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, ५ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, १५ जेठ । नेपालमा एकैदिन १ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिहीवार एकैपटक १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले एक सय ५६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको बताए । एक सय ८७ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएको प्रवक्ता डा देवकोटाले बताएका छन् ।

यस्तै हालसम्म नेपालमा ६० हजार ६ सय ९६ पिसिआर विधिबाट नमूना परीक्षण गरिएको र एक लाख २ हजार भन्दा बढी दू्रत परीक्षण गरिएको पनि उनले बताए । यस्तै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Last modified on 2020-05-28 14:48:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts