स्वास्थ्यका लागि सरकारले छुट्यायो ९० अर्ब ६९ करोडको बजेट

बजेटमा स्वास्थ्यका यी कार्यक्रम समेटिए



Download our app to get more features

काठमाडौं, १५ जेठ । सरकारले नयाँ आर्थिक वर्ष २०७७/७८ का लागि ९० अर्ब ६९ करोडको बजेटको घोषणा गरेको छ । यो बजेट गत वर्षको भन्दा झन्डै २१ अर्बले बढी रहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै कोरोना महामारीलाई केन्द्रीत गरेर बजेट ल्याइएको बताए ।

सरकारले ल्याएको बजेटमा यी कार्यक्रम समेटिए:
कोरोना बीमामा ५० प्रतिशत प्रमियम सरकारले तिर्ने

कान्ति बाल अस्पतालमा थप आईसीयू बनाइने 

राजमार्गमा ट्रमा सेन्टर स्थापना गरिने 

निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने
  
विपदको बेलामा निजी  क्षेत्रका अस्पताललाई उपयोगमा ल्याउन सक्ने

निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने । व्यायामशाला योग केन्द्र चलाउने 
  
राष्ट्रिय रोग निदान  केन्द्र स्थापना गर्ने
  
केन्द्रीय  अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने

आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गरिने

३ वर्षभित्र सबैको स्वास्थ्य बीमा । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने 

स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट विनियोजन

प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने 

सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला 

१२ अर्ब ४६ करोड स्वास्थ्य पूर्वाधार विकासका लागि 

३ सय शय्याको सरुवारोग  अस्पताल । सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल

सबै स्वास्थ्यकर्मीको ५ लाखको बीमा गरिने
  
तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट

परीक्षणको दायरा बढाउने । क्वारेन्टिन विस्तार गरिने 

Last modified on 2020-05-28 16:49:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts