दाङ र कपिलवस्तुमा गरि ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १५ जेठ । दाङ र कपिलवस्तुमा गरि ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षण्मा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा दाङका २ जना र कपिलवस्तुका ९ जना रहेको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रा केशव प्रसाद देवले बताएका छन् । 

उनले दाङको गढवा गाउँपालिकाका २८ र ४१ वर्षका दुई जना पुरुष, कपिलवस्तु विजयनगर गाउँपालिकाका विभिन्न वडाका १७, २३, २६, ३०, ३७, ३९, ४३ र ५२ वर्षका ९ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ५३ पुगेको छ ।

Last modified on 2020-05-28 18:52:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts