नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुग्यो 



Download our app to get more features

काठमाडौं, १७ वैशाख । दैलेखको एक क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ती युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले हाम्रो डाक्टर न्यूजलाई बताए ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको शनिवार बिहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छैन ।

Last modified on 2020-05-31 15:04:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts