प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ सय ५९ पुग्यो, कुन जिल्लामा कति ?



Download our app to get more features

जनकपुर, १७ जेठ । प्रदेश नम्बर २ को आठ वटै जिल्लामा पहिलो पटक एकैदिन कोरोना भाइरसको संक्रमित थपिएका छन् । 

८ जिल्ला रहेको प्रदेश २ का आठ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएपनि एकैदिन भने हालसम्म आठवटै जिल्लामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।
 
पछिल्लो २४ घण्टामा प्रदेश २ को सप्तरी जिल्लामा ९ जना, सिराहा जिल्लामा ११ जना, धनुषा जिल्लामा ७ जना, महोत्तरी जिल्लामा ४ जना, सर्लाही जिल्लामा १७ जना, रौतहट जिल्लामा ६ जना, बारा जिल्लामा १ जना र पर्सा जिल्लामा ७ जना रहेका छन् । 

योसँगै प्रदेश नम्बर २ मा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ५९ पुगेको छ भने एक जनाको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक छ । यस्तै प्रदेश नम्बर २ मा हालसम्म ९९ जना कोरोना संक्रमित व्यक्तिहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । शनिवार साँझ थप एक जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या ९९ पुगेको हो ।

त्यसैगरी पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा २३ पुरुष र १ महिलागरी कुल २४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।  सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसेलसन कक्षमा कोरोना संक्रमित १४ जना पुरुषहरुको उपचार भइरहेको छ ।  

यस्तै, धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा ३ महिला र २६ पुरुषगरी कुल २९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा १ जना महिला र १८ जना पुरुषगरी कुल १९ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । 

सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित २१ जना पुरुष र २ जना महिलागरी २३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्ला स्थित चपुर अस्पतालमा ७ जना पुरुष तथा रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ४ महिला र २५ पुरुषगरी कुल २९ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही  नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा १४ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । त्यसैगरी गरुडा नगरपालिका स्थित नेपाल प्रहरी विद्यालयको आइसोलेसन कक्षमा ४ जना महिला र ६२ जना पुरुषगरी कुल ६६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । 

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिलागरी ५० जना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्ला स्थित नारायणी अस्पताल अन्तर्गत रहेको कोरोना विशेष गण्डक अस्पतालमा १० जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ भने नयाँ संक्रमितलाई अस्पताल ल्याउने तयारी भइरहेको प्रदेश २ का सामाजीक विकास मन्त्रालयले जनाएको छ ।

सिराहा अस्पताल सिराहाको कोभिड विशेष अस्पतालमा ७ जना, महोत्तरी जिल्लाको जलेश्वर अस्पताल स्थित कोभिड विशेष अस्पतालमा ७ जना,  बारा जिल्ला स्थित कलैया कोभिड अस्पतालमा २ जनागरी कुल १६ जना कोरोना आसंकीत बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । 

यो तथ्यांक शनिवार दिउँसो ४ बजे प्रदेश २ सरकारको सामाजीक विकास मन्त्रालयले सार्वजनिक गरेको हो । पर्सामा भने नयाँ ५ जना संक्रमित शनिवार साँझ ७ः ३० मा पुष्टि भएको हो ।

Last modified on 2020-05-31 15:04:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts