सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि, संक्रमित ७८ पुगे 



Download our app to get more features

धनगढी, २१ जेठ ।  सुदूरपश्चिममा आज बुधबार थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा भएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ।

परीक्षणमा कैलालीका तीन र डोटीका दुई जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।  धनगढी उप–महानगरपालिका–५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै डोटीका पूर्वीचौकी–४ का २३ बर्षीय र पूर्वीचौकी–७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । सुदूरपश्चिमका ७८ जना संक्रमित मध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। एक जना संक्रमितको मृत्यु भईसकेको छ भने सात जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्। 

सबैभन्दा बढी कैलालीका ३५ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका सात, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts