प्रदेश २ मा २४ घण्टामै थपिए ४४ कोरोना संक्रमित



Download our app to get more features

जनकपुर, २१ जेठ । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४१ पुरुष र तीन  महिलागरी कुल ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा एक जना, धनुषामा एक जना, महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा  ११ जना र पर्सामा सात जनामा कोरोना संक्रमणको पुष्टी भएको हो ।

यो संगै प्रदेश २ मा  कोरोना संक्रमितिको संख्या ८५९ पुगेको छ भने उपचारपछि १०५ जना निको भई सकेका छन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts