नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, २१ जेठ । नेपालमा थप २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार मात्रै नेपालमा थप २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय नाघेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

उनका अनुसार नेपालमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये २ सय ७८ जना स्वस्थ भएका छन् ।
 

Last modified on 2020-06-03 16:47:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts