सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ८१ पुग्यो



Download our app to get more features

धनगढी, २१ जेठ । सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा बुधवार साँझ थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधवार दिउँसो मात्रै पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ८१ पुगेको छ । नेपालमा भने २ हजार ३ सय ३ पुगेको छ ।

धनगढीमा गरिएको परीक्षणमा डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । पुर्वीचौकी गाउँपालिका वाड नम्वर ४ की ४५ वर्षीया महिला, २७ वर्षीय पुरुष र वडा नम्बर ७ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यसअघि बुधवार दिउँसो पूर्वीचौकी ४ का २२ वर्षीय र पूर्वीचौकी ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो भने धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । 

सुदूरपश्चिमका ८१ जना संक्रमित मध्ये ७८ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जनाको बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । एक जना संक्रमितको मृत्यु भईसकेको छ । ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन् ।

सबैभन्दा बढि कैलालीका ३६ जना, अछामका १३, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका ६, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एकरएक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६४, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

Last modified on 2020-06-03 19:45:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts