प्रदेश २ मा १ सय २ जना नयाँ कोरोना संक्रमित थपिए, सबैभन्दा धेरै रौतहटमा



Download our app to get more features

जनकपुर, २२ जेठ । प्रदेश नम्बर २ मा एकैदिन १ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को सामाजीक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटमा ६५ जना सहित बिहीवार एक सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रदेश २ मा पछिल्लो समय भारतबाट भित्रिएका नागरिकमा कोरोना संक्रमण देखिने गरेको भएपनि बिहीवार स्थानीयमा पनि कोरोना संक्रमण पुष्टि हुँदा त्रास झन् बढेको प्रदेश २ को सामाजीक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले बताए ।

प्रदेश २ मा हालसम्म १ सय २२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

Last modified on 2020-06-05 14:06:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts