सूदुरपश्चिममा स्वाब थुप्रियो, आगामी पाँच दिन स्वाब संकलन नहुने



Download our app to get more features

काठमाडौं, २३ जेठ । सुदूरपश्चिमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरूबाट संकलित थ्रोट स्वाब थुप्रिएपछि आगामी पाँच दिन स्वाब संकलन नहुने भएको छ । प्रदेश सरकार समाजिका विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो ।

निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार प्रयोगशालाको दैनिक परीक्षण क्षमता लगभग दुई सय ५० मात्रै रहेको र विहीबारसम्म एक हजार ८३ नमूना परीक्षण हुन बाँकी छ । यसरी नै दैनिक स्वाब संकलन हुने हो भने परीक्षण गर्नुपर्ने स्वाब धेरै दिन थन्किनसक्ने भएकाले धेरै दिनसम्म स्वाब परीक्षण नगरी राख्दा समस्या हुने भएकोले आगामी पाँच दिनलाई स्वाब संकलन रोकिएको हो । 

Last modified on 2020-06-05 15:15:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts