सेती अस्पतालद्वारा कोरोना नेगेटिभ रिर्पोट नआए पनि आइसोलेसनमा १४ दिन संक्रमित राखेर डिस्चार्ज



Download our app to get more features

धनगढी, २३ जेठ ।  सेती प्रादेशिक अस्पतालले आज मात्रै ६ जना कोरोना संक्रमित डिस्चार्ज गरेको छ। अस्पतालको आइसोलेसनमा उपचाररत अछाम मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका–२ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो।

कोरोना नजितेपनि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो। यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेकोमा स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले लक्षण नदेखिएको र स्वास्थ्यमा समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न सकिने निर्देशिका पारित भएपछि सोही अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको बताए।

निर्देशिकामा सामान्य लक्षण देखिएका बिरामीलाई भने १४ दिन आइसोलेसनमा राखेर निको भएको तीन दिनपछि डिस्चार्ज गर्ने व्यवस्था छ। यो निर्देशिकाले कोरोना संक्रमितको दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्नुपर्ने व्यवस्थालाई भने हटाएको छ।

Last modified on 2020-06-05 15:44:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts