नेपालमा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि 



Download our app to get more features

काठमाडौं, २३ जेठ । नेपालमा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७८ जना नयाँ कोरोना संक्रमित फेला परेको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ हजार ९ सय १२ पुगेको पनि उनले बताए ।

संक्रमितमध्ये १ सय ९५ जना महिला र २ हजार ७ सय १७ जना पुरुष रहेका छन् ।

उनले नेपालमा हालसम्म २ सय ३३ जना कोरोना संक्रमणपछि उपचार गरेर स्वस्थ भएको पनि बताए ।

यस्तै नेपालका ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

Last modified on 2020-06-05 16:32:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts