कोरोना विशेष अस्पताल बेलझुण्डीका कोरोना संक्रमित आफै ज्वरो नाप्छन्



Download our app to get more features

दाङ, २४ जेठ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीका कोरोना संक्रमितले आफै ज्वरो नाप्ने गरेका छन् । अस्पतालले प्रत्येक कोरोना संक्रमितलाई थर्ममिटर उपलब्ध गराएको छ । उक्त थर्ममिटरबाट संक्रमतिले आफै ज्वरो नाप्ने गरेका छन् । 

प्रत्येक संक्रमितलाई एक एक वटा डिजिटल थर्मोमिटर उपलब्ध गराएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । ‘प्रत्येक संक्रमितलाई डिजिटल थर्ममिटर उपलब्ध गराएका छौ” वलीले भने ‘उनिहरुलाई सिसिटिभीको माध्यमबाट निगरानी गर्दै हरेक पटकको रेर्कड राख्ने गरेका छौं ।” 

दिनमा दुई पटक फोनबाट संक्रमतिको स्वास्थ्य अवस्था बुझ्ने गरिएको छ । यदि कुनै समस्या देखिएमा तत्काल स्वास्थ्य परिक्षण गर्ने गरिएको वलीले बताए ।  

हाल कोरोना अस्पतालमा ३ जना चिकित्सक, ७ जना नर्स र ८ जना कार्यालय सहयोगी गरी १८ जनाको समुह रहेको छ । स्वास्थ्य निर्देशिका अनुसार स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई १४/१४ दिनको अन्र्तरालमा क्वारेन्टाइन राखिने वलीले बताए । 

एक सय बेड ५० बिरामी
एक सय वेडको कोरोना अस्पताल सञ्चालममा ल्याउने भन्दै स्थापना गरीएको कोरोना विशेष अस्पताल बेलझुण्डीले ५० जना विरामी मात्र राखेको आरोप लागेको छ । तर अस्पतालले भने रेड र ग्रिन गरी ५०/५० वेड छुट्टयाएको हुदा ५० जना संक्रमितलाई मात्र उपचार गरिएको बताएको छ । ‘एक सय जना कोरोना संक्रमित भर्ना गर्ने हो भने रिर्पोट नेगेटिभ आएको व्यक्तिलाई कहाँ राख्ने ?” व्यवस्थापक वलीले भने ‘त्यसैले हामीले ५० जना संक्रमित मात्र राखेका हौं ।”

 उनले स्पष्ट पार्दै भने पोजेटिभ र नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई सँगै राख्न मिल्दैन, त्यसैले एक व्यक्तिको लागि २ वटा वेडको आवस्यकता गर्छ । रेड जोनमा रहेको व्यक्रिमा रिपोट नेगेटिभ आयो भने उसलाई ग्रिन जोनमा लाने गरिएको छ । ग्रिन जोनमा रहेको व्यक्तिको ४८ घण्टापछि पुन स्वाप परिक्षण गरी नेगेटिभ आएमा मात्र घर पठाउने गरिएको वली बताए । 

वलीले भने ‘स्वास्थ्य मन्त्रालयले एक पटक नेगेटभि रिपोट आएमा व्यक्तिलाई घर पठाउने निर्देशन दिने हो भने एक सय जना संक्रमित नै हामी राख्न सक्छौं ।” स्वास्थ्य निर्देशिका अनुसार नै काम गर्नु पर्ने भएको हुदा एक सय जना संक्रमित राख्न समस्या उत्पन्न भएको छ ।

हाल कोरोना विशेष अस्पतालमा ५५ जना संक्रमितलाई आइसोलेसनमा राखि उपचार गरिदै छ । अस्पतालमा ५ वटा आईसियु र ३ वटा भेन्टीलेटर रहेको वलीले बताए । २ वटा भेन्टीलेटर खरिद प्रकृयामा रहेको छ ।

Last modified on 2020-06-06 09:25:27

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts