प्रदेश २ मा थपिए ४९ जना नयाँ कोरोना संक्रमित



Download our app to get more features

जनकपुर, २६ जेठ । प्रदेश नम्बर २ मा एकैपटक ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

प्रदेश २ को सामाजीक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाही चक्रघट्टाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै जना पुरुषहरु रहेका छन् । 

यस्तै नारायणी अस्पताल पर्सामा गरिएको परीक्षणमा पर्साका ८ जना पुरुषहरु, बाराका २ जना महिला र ५ जना पुरुष सहित ७ जना र रौतहटका ४ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । 

यसैगरि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा गरिएको परीक्षणमा सत्परीका १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ । सप्तरीको एउटै स्थानीय तह बलान बिहुल गाउँपालिकाका १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts