उद्दार गरिएका नागरिकलाई क्वारेन्टाइन स्थल लैजाँदै गर्दा टिपर दुर्घटना, दुईको मृत्यु



Download our app to get more features

काठमाडौं, २८ जेठ । सीमा क्षेत्रबाट उद्दार गरेर नेपाल भित्रिएका नागरिकलाई क्वारेन्टाइन स्थल लैजाँदै गरेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार गरेर ना ८ ख ५१३३ नम्बरको टिपर राखि जाजरकोटस्थित रास्कोटमा रहेको होल्डिंग सेन्टर लैजाँदै गर्दा जिल्लाकै नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो ।

प्रदेश प्रहरी प्रमुख बसन्त पन्तका अनुसार टिपरमा सवार ३९ जनामध्ये दुई जनाको मृत्यु भएको र ४ जना घाइते भएका छन् ।

सीमा क्षेत्र र रामेछापबाट भित्रिएकाहरुलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न रास्कोट नगरपालिका लैजाँदै गर्दा टिपर दुर्घटना भएको उनले बताए ।

Last modified on 2020-06-10 12:12:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts