जीका भाइरसको परीक्षण अब नेपालमै हुने

What's This?


Download our app to get more features

काठमाण्डौं, ४ चैत्र । पछिल्लो समय दक्षिण अमेरिकी देशहरुमा महामारीको रुपमा फैलिएको जिका भाइरसको नेपालमा पनि परीक्षण हुने भएको छ । पछिल्लो दिनमा विश्व स्वास्थ्य संगठनको टाउको दुखाइको विषय बनेको यो भाइरस परीक्षणका लागि महामारी तथा रोग नियन्त्रण महाशाखा टेकुमा प्रयोगशालालाई तयारी अबस्थामा राखिएको छ ।

केही समयअघि ब्राजिलसहित ल्याटिन अमेरिकी देशहरुमा महामारीका रुपमा फैलिएको जिका भाइरस नेपालमा पनि गर्मी बढेसँगै फैलिन सक्ने आशंकामा प्रयोगशाला निर्माण गरिएको हो ।
अमेरिकासँग नेपालको पनि प्रत्यक्ष सम्पर्क रहने गरेकाले यो भाइरस नेपालमा पनि भित्रन सक्ने भन्दै महामारी तथा रोग नियन्त्रण महाशाखा टेकुमा प्रयोगशाला तयारी अवस्थामा राखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यले हाम्रो डाक्टरलाई बताइन् । 

‘जीका भाइरसको संक्रमणको आशंका देखिए हामी परीक्षण गर्न सक्छौं’ निर्देशक शाक्यले भनिन्, ‘ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक् पटकमास्य जनाको परीक्षण गर्न सक्ने ल्याव तयारी अवस्थामा छ ।’ 

महामारी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक पटकमा एक सय ओटा नमुना परीक्षण गर्न सकिने गरी परीक्षण कीट तयारी अवस्थामा राखिएको छ । डेंगु रोग सार्ने लामखुट्टेबाट नै जिका भाइरससमेत सर्ने भएकाले नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

जिका भाइरस सर्ने एडिस एजिष्टाई जातको पोथी लामखुट्टेले निकै आक्रामक रुपमा मानिसको रगत चुस्ने र फुल पार्न जाने हुँदा जीका भाइरस एडिज जातको लामखुट्टेले सार्ने ट्रोपिकल मौसम भएका देशहरुमा फैलन सक्छ । 

जीका भाइरसले खासगरी भु्रणलाई गर्भावस्थामै प्रभाव पार्छ र मस्तिष्कको स्वभाविक विकास पनि हुन पाउँदैन । जसका कारण पछि जन्मने नवजात शिशु सानो आकारको दिमाग भएको जन्मन्छ । 

अफ्रिकी मुलुकबाट फैलिएको आशंका गरीएको जीका भाइरस दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा सबैभन्दा पहिले देखा परेको थिगो । 
 

Last modified on 2016-03-17 12:14:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts