प्रदेश नम्बर २ मा एकैपटक १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

जनकपुरधाम, ३२ जेठ । प्रदेश नम्बर २ मा एकैपटक १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ५ जना पुरुष र  ५ जना महिला गरी कुल १ सय १० जना ब्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जनकपुर ३२ जेष्ठ ।  पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ५ जना पुरुष र  ५ जना महिला गरी कुल १ सय १० जना ब्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषा जिल्लामा १ जना, सर्लाही जिल्लामा ६ जना, रौतहट जिल्लामा ७४ जना, बारा जिल्लामा १२ जना र पर्सा जिल्लामा १७ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै, धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका स्थित गोपाल धर्मशालाको क्वारेन्टाईनमा रहेका ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही जिल्लाको बरहथवा नगरपालिकाका १९ बर्षिय पुरुष तथा सर्लाही जिल्लाकै हरिपुर नगरपालिकाका १ देखि १८ वर्ष उमेर समुहका ३ जना र ४२ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका १८ वर्षिय किशोर सहति २१ र २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाके परोहा नगरपालिकाका १ देखि १८ वर्ष उमेर समुहका २ जना र सोही नगरपालिकाका १९ देखि ४० वर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाको राजपुर नगरपालिकाका ५ वर्षिय वालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाको १४ बर्षिय वालक सहित १९ देखि ४० वर्ष उमेर समुह ४ जना र १ देखि १८ बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । परोहा नगरपालिका स्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ३, १२ १५, १७ बर्षिय वालकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही क्वारेन्टाईनमा रहेका ४५ बर्षिय पुरुष सहित १९ देखि ४० बर्षका ११ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । 

रौतहट जिल्लाकै इशनाथ नगरपालिकाका ३० बर्षिय महिला तथा १० र १४ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका ९ जनामा कोराना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका १९ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । 

रौतहट जिल्लाकै देवाही गोनाही नगरपालिकाका १८ बर्षिय किशोर र ४८ बर्षिय पुरुष सहित १९ बर्ष देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । 

रौतहट जिल्लाकै यमुनामाई गाउँपालिकाका १६ बर्षिय किहोर तथा २५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट कै गढीमाई नगरपालिकाका १९ र २१ तथा माधव नारायण नगरपालिकाका ३५ बर्षिय पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

त्यसैगरी रौतहट जिल्लाकै अनोरीलाल माबी, ध्यूरा मावि, जनता मावी र पियुर एकेडेमीका क्वारेन्टाईनमा रहेका थप ४ जना पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

बारा जिल्लाको पचरौता नगरपालिकाका १६ बर्षिय बालक सहित १९ देखि ४० बर्ष उमेर समुहका १२ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । 

पर्सा जिल्लाको पोखरिया नगरपालिकाका ३६ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका ४५ बषिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुका कोरोना संक्रमण पुयिट भएको छ ।

पर्सा जिल्लाकै बीरगंज उपमहानगरपालिकाकी ३० बर्षिय महिला, सखुवा पर्साैनी गाउँपालिकाका ४० बर्षिय पुरुष, बिन्ध्यवासिनी गाउँपालिकाका २६ बर्षिय पुरुष, जिरा भवानी गाउँपालिकाका ३२ बर्षिय पुरुष, धोकिनी गाउँपालिकाका २७ बर्षिय पुरुष, पर्सागढी नगरपालिकाकी ३१ बर्षिय महिला र पटेहरवा सुगौली गाउँपालिकाका २० र २७ बर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस्तै प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १ महिला र २४ पुरुष गरि २५ जना कोरोना संक्रमितहरु उपचार पश्चात स्वस्थ्य भई स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएका छन् । जसमा धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षबाट १० जना पुरुष, महोत्तरी जिल्ला स्थित जलेश्वर अप्सताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट १ जना पुरुष र सर्लाही जिल्ला मंलगवा नगरपालिका स्थित सर्लाही जिल्ला अस्पताल अन्तर्गत अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षबाट १ महिला र १४ पुरुषगरी कुल १५ जना ब्यक्तिहरु डिस्चार्ज भएका छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts