प्रतिष्ठानका चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, दुईदिन सेवा बन्द हुने



Download our app to get more features

दाङ, ५ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना संक्रमण पुष्टि हुनेमा प्रतिष्ठानका अस्पताल निर्देशक, नर्सिङ इन्चार्ज, इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित चार जनामा रहेको प्रष्तिष्ठानले जनाएको छ । 

४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीको पनि स्वाब परीक्षण गर्न लागिएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास प्रसाद देवले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनअघि बंगलाचुली गाउँपालिकाका एक जना बिरामीको उपचार गरिएको थियो । उक्त व्यक्तिको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना जाँच गरिएको थियो । 

प्रष्तिठानले एक विज्ञप्ती जारी गर्दै २ दिन आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने बताएको छ । कायममुकायम रजिष्ट्रार देवका अनुसार अस्पताल परिसर सिल गरेरै चिकित्सकको स्वाब परीक्षण गर्न लागिएको भन्दै शनिबार र आईतबार आकस्मिक बाहेकका सेवाहरु बन्द हुनेछन् । अस्पतालका करिब दुईसय कर्मचारीको स्वाब संकलन गरि परीक्षण गर्न लागिएको छ । 

संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । प्रष्तिठानको सबै सेवा बन्द भएपनि कोरोनाको परीक्षण सेवा भने नियमित चल्नेछ ।

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts