विश्व योग दिवस

योग प्राचिन चिकित्सकीय पद्धतिः कोरोनासँग लड्न प्राणायामले गर्छ मद्दत ? जानौं



Download our app to get more features

काठमाडौं, ७ असार । आज विश्व योग दिवस, कोरोना महामारीका कारण विशेष कार्यक्रमको आयोजना गरिएको छैन । विश्वभर फैलिएको कोरोना महामारीका कारण योग दिवस यस वर्ष विना कुनै कार्यक्रमको आयोजना गरि घरमै सुरक्षित तरिकाले मनाइरहेका छन् । 

योग एक यस्तो पद्धति हो जसले मानिसको स्वास्थ्यलाई शारीरिक, मानसिक हरेक रुपले फाइदा पुर्याउँछ । आयुर्वेद विभागका निर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद र योग सदियौं पुरानो चिकित्सा र प्राकृतिक पद्धति भएको बताए । उनले योग र आयुर्वेदलाई मानिसहरुले गलत तरिकाले बुझ्दै आएको तर, यी दुबैको प्रयोग प्राचिनकालदेखि नै मानव स्वास्थ्यको लागि उपयोगी रहेको उल्लेख गरे ।

डा.उपाध्यायका अनुसार आयुर्वेद र योगले मानिसको स्वास्थ्यलाई सँधै स्वस्थ राख्ने र रोग लाग्न नदिने काम गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने काम आयुर्वेद र योगले गर्दै आएको हुनाले अहिलेको महामारीको अवस्थामा पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन योग र आयुर्वेदले काम गर्ने उनको भनाइ छ ।

डा. उपाध्यायले जडिबुटिको रुपमा रहेका आयुर्वेदिक तत्वले सँधै मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने काम गर्ने गरेको भन्दै भान्सा र करेसाबारीमा पाइने हर्रो, बर्रो, बेसार, दालचिनि, ज्वानो, चीरा, लसुन, अदुवा लगायतका तत्वले मानिसको शरीरमा रोगसँग लड्ने क्षमतलाई बलियो बनाउने काम गर्दै आएको बताए । त्यस्तै योगले मानिसको शरीरलाई क्षमतावान, रोगसँग लड्नमा मद्दत गर्छ भन्दै उनले योगमा पनि विभिन्न आसन र प्राणयामले श्वासप्रश्वास सम्बन्धी क्षमतालाई बलियो बनाउने काम गर्ने गरेको उल्लेख गरे ।
  
योग
योग आत्माको परमात्मासित मिलनको अनुभूतिको नाम हो । कुनै पनि साधक एउटा ध्यान विधिको प्रयोग गरेर यसको लाभ लिन सक्छ । विज्ञान भैरवतन्त्र पुस्तक भगवान् शिव र माता पार्वतीको वार्तालापको अंश हो । यसमा १ सय ८ प्रकारको ध्यानविधि र चार प्रकारका अविधिको वर्णन छ । यसको एउटा मात्र ध्यान विधिको प्रयोग गरेर लाभ लिन सकिन्छ ।

प्राणायाम
प्राणायाम एक प्रकारको सासको क्रिया हो । शास्त्रहरूमा सातदेखि १० प्रकारका प्राणायामको वर्णन गरिएको छ  । हामीले कुनै पनि दुई वा तीनवटा प्राणायाम गर्नुपर्छ । धेरै गर्नु पर्दैन । यहाँ सबैका लागि अति आवश्यक दुईवटा प्राणायामको जानकारी दिइएको छ ।

सरल प्राणायाम
यो क्रिया गर्नका लागि पलेटी कसेर बस्नुपर्छ । नाकबाट विस्तारै विस्तारै लामो र गहिरो सास लिने अनि नाकबाट नै छोड्ने । यस क्रियालाई कम्तीमा ५० चोटि गर्नु होला ।

अन्तर्कुम्भक प्राणायाम
यो क्रिया गर्नका लागि पनि पलेटी कसेर बस्नुपर्छ । विस्तारै लामो र गहिरो सास नाकबाट लिने । १० देखि १६ सेकेन्डसम्म सास भित्र रोक्ने र त्यसपछि विस्तारै विस्तारै नाकबाटै सास छाड्ने । यस क्रियालाई पाँच मिनेटसम्म गर्नु होला ।

मिल्ने लाभ– शान्ति, धैर्य, एकाग्रता तथा मानसिक क्षमतामा वृद्धि । यसबाहेक चञ्चलता र डरबाट मुक्ति । साथै विभिन्न किसिमका प्राणायमबाट मानिसको कोषसम्म अक्सिजन पुर्याउने काम गर्छ र कार्बन डाइअक्साइड फाल्ने काम गर्छ । श्वासप्रश्वास विधिलाई बलियो बनाउनका लागि प्राणायम निकै महत्वपूर्ण मानिन्छ । डा. उपाध्याय भन्छन्, ‘श्वासप्रश्वासमा कोरोना भाइरसले समस्या पार्ने हुँदा र कोषमा अक्सिजन पुग्नमा बाधा पुरुयाउने हुँदा प्राणायाम विधिले त्यो समस्यालाई कम गर्ने र श्वासप्रश्वास विधिलाई बलियो बनाउने काम गर्छ । त्यसकारण प्राणायाम गर्नु आवश्यक हुन्छ ।’ 

योगासन
योगासन एक प्रकारको शारीरिक व्यायाम हो  । यसमा शरीरलाई लयबद्ध तरिकाले अगाडि, पछाडि, दाहिना, देब्रे मोड्नु र सीधा गर्नुपर्छ  । यसमा केही क्रिया बसेर, केही क्रिया सुतेर र केही क्रिया उभिएर गरिन्छ  । योगासन कति प्रकारको छ निश्चित रूपमा भन्न सकिँदैन  । सामान्य रूपमा लगभग एक सय आठ प्रकारका योगासन विधिको वर्णन गरिएको छ  । यीमध्ये आवश्यकतानुुसार कुनै पनि आठदेखि १० आसन गर्नुपर्छ ।

Last modified on 2020-06-21 13:45:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts