बाजुरा पुगे प्राडा गोविन्द केसी 



Download our app to get more features

बाजुरा, ७  असार । चिकित्सा क्षेत्र सुधार अभियन्ता प्राडा गोविन्द केसी बाजुरा पुगेका छन् । दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्ला घुम्ने क्रममा उनी बाजुरा पुगेका हुन्। डा. केसी एक साता बाजुरा बस्ने जनाइएको छ।

डा. केसीले यसअघि बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लामा पुगेर सेवा दिइसकेका छन् । बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र विश्वकर्माले बताए।

उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए । गत १८ कार्तिकमा डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह २६ कार्तिकमा ९औं दिनमा स्थागित भएको थियो।

डा.केसीले बाजुरामा बसिन्जेल निःशुल्क स्वास्थ्य सेवा दिनेछन्। बाजुराको शिक्षा तथा स्वास्थ्यको अवस्था निकै दयनीय रहेको छ। केसीले बाजुरा पुगेर जिल्ला अस्पताल बाजुराको भौतिक पुर्वाधारको अबस्थाको पनि अनुगमन गरेका छन् ।

Last modified on 2020-06-21 14:52:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts