गण्डकीमा थपिए २० जना नयाँ कोरोना संक्रमित



Download our app to get more features

पोखरा, ८ असार । स्याङ्जा र नवलपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार स्याङ्जाको अर्जुनचौपारीका १० र कालीगण्डकीका २ जनामा कोरोना पुष्टि भएको हो । अर्जुनचौपारीका २ महिला हुन भने अरु सबै पुरुष हुन् । स्याङ्जामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरको बौंदीकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नवलपुरमा १ सय ४० जनामा कोरोना देखिएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ ।

पुष्टि भएका सबै भारतबाट फर्किएको हुन् । सबैजना सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ

गण्डकीका ११ वटै जिल्लामा कोरोना संक्रमण भेटिएको छ । मनाङ र मुस्ताङ र लमजुङमा हालसम्म १र१ जनामा संक्रमण भएको छ । बागलुङमा १ सय १७ र कास्कीमा १७ जनामा कोरोना पुष्टि भइसकेको छ ।

आज बिहानसम्मको तथ्या‌ंक अनुसार हालसम्म प्रदेशमा ५५ जना   निको भएर घर फर्केका छन् । ५८ वर्षे १ पुरुषको मृत्यु भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts