कोरोनामुक्त भइ बाग्लुङका ११ जना डिस्चार्ज



Download our app to get more features

बाग्लुङ, ९ असार । कोरोना संक्रमणबाट मुक्त भइ मंगलबार बाग्लुङका ११ जना घर फर्किएका छन । धौलागिरी अस्पतालको आईसोलेसनमा उपचारत बाग्लुङ्ग गल्कोट नगरपालिका २३ वर्षीय एक पुरुष, निसीखोला गाउँपालिकाका २९ र २२ वर्षका २ पुरुष, ताराखोला गाउँपालिकाका ३९ वर्षीय एक पुरुष, बडीगाड गाउँपालिकाका २५, २५, ३९, ३२ र २२ वर्षका पाँच पुरुष र बरेंङ गाउँपालिकाका १८ र २३ वर्षका दुई गरि ११ पुरुषहरु आज डिस्चार्ज भएका हुन् । 

धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिक प्रोख्रेलका अनुसार उनीहरुलाई घर फर्किएपछि पनि केही दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts