चितवनमा गरिएको परीक्षणमा ३ जिल्लाका गरि ५ जनामा कोरोना संक्रमण पुष्टि 



Download our app to get more features

चितवन, १० असार । चितवनमा गरिएको परीक्षणमा ३ जिल्लाका गरि ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

चितवनको कालिका नगरपालिका ३ का ३९ वर्षीय पुरूष, तनहुँको देवघाट गाउँपालिका ५ का २३ वर्षीय पुरुष, त्यस्तै, नवलपुरको गैंडाकोट नगरपालिका १ की ३३ र ५१ वर्षीया २ जना महिला र गैंडाकोट नगरपालिका १२ की ५६ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।  

मंगलवार प्रयोगशालामा १ सय २१ वटा नमूना परीक्षण गरिएकोमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । बाँकी अन्य १ सय १६ वटा रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ । उनीहरूको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।

यसैबिच मंगलवार नै भरतपुर अस्पतालमा उपचारपछि २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनीहरूलाई स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोरोना भाइरसको संक्रमण पुष्टि भई अस्पताल भर्ना भएकालाई १४ दिनपछि लक्षण नदेखिएकालाई टेस्ट नगरी डिस्चार्ज गर्न अस्पताललाई दिईएको निर्देशनका आधारमा डिस्चार्ज गरिएको हो । 

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts