स्याङ्जाका थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु, नेपालमा संख्या २५ पुग्यो

गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि 



Download our app to get more features

पोखरा, ११ असार । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत स्याङ्जाको सिरुबारीका ५५ वर्षीय पुरुषको बुधबार राति ११ः३५ मा मृत्यु भएको हो ।

असार ८ गते अस्पतालमा भर्ना भएका उनी कोभिड १९, सेभेरा, निमोनिया र मधुमेह रोगबाट ग्रसित रहेको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताएका छन् । उनको मृत्युसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको हो । यसअघि काेराेनाबाट स्याङ्जाकै वालिङका ५८ वर्षे पुरुषकाे निधन भइसकेकाे छ ।

यस्तै गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरिएको परिक्षणमा आज बिहान ४ जिल्लाका गरि ११ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकीमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७ सय ५३ पुगेको छ ।

Last modified on 2020-06-25 08:25:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts