१२ महिने शिशुसहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

पोखरा, १३ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाको अर्जुनचौपारी र वालिङ, पुतलीबजार र बिरुवामा गरी २२ जना, बागलुङको काठेखोला र ढोरपाटनमा गरी ८ जना र नवलपुरको हुप्सेकोटमा २ जनामा आज बिहान संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका गण्डकीका अनुसार बागलुङको ढोरपाटनका १ पुरुष र काठेखोलाका ७ पुरुषमा कोरोना देखिएको छ ।

स्याङ्जाको अर्जुनचौपारीमा १२ महिनाका बालकसहित १३ पुरुष र ६ महिला, पुतलीबजारका १ पुरुष, बिरुवाका १ पुरुष र वालिङका १ पुरुषमा कोरोना देखिएको छ ।

यसैगरी नवलपुरको हुप्सेकोट गाउँपालिकाका २ पुरुषमा कोरोना पुष्टि भएको छ ।

हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आइसोलेसनमा बसिसकेको र अन्य पालिकाका सबै व्यक्तिहरुलाई सम्बन्धीत जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

Last modified on 2020-06-27 08:32:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts