कोरोनाबाट विदेशमा रहेका १५८ नेपालीको मृत्यु, २६ हजार संक्रमित



Download our app to get more features

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हालसम्म विश्वभर १५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७ सय नेपाली संक्रमणमुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ । 

एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्दर गरी स्वदेश फर्काएको जनाएको छ । साथै संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड–१९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली संक्रमणमुक्त भएका छन् । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts