लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनमा 



Download our app to get more features

रुपन्देही, १७ असार । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना परीक्षण ल्याब सुरु भएको छ ।

एक कार्यक्रमकाबीच प्रदेश ५ का सामाजीक विकास मन्त्री शुदर्शन बरालले मेसिनको उद्घाटन गरे । एक करोड ३० लाखको लगानीमा उक्त मेशिन जडान गरि उद्घाटन गरिएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

पिसिआर मेसिन जडान भएसँगै प्रदेश ५ मा कोरोनाको परिक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । मेसिन जडान भएपछि अब कोरोना परिक्षण शुरु गरिने अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले बताए ।

पिसिआर मेसिन खरिदको लागि प्रदेश ५ सरकारले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने बाँकी रकम अस्पताल विकास समितिले लगानी गरेको छ । अस्पतालमा जडान गरिएको मेसिनबाट अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको परिक्षणलाई पहिलो प्राथमिकता दिईने  मेसु डा खनालले बताए । यसका अलावा प्रदेश प्रयोगशालामा परिक्षण हुन बाँकी रहेका स्वाब परिक्षण गरिने डा. खनालले बताए ।

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पताल सुधारका लागि सरकारले के गर्नुपर्छ स्पष्ट रुपमा भन्नुपर्ने बताए । प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने भन्दै मन्त्री बरालले अस्पतालको लागि चाहिने आवश्यक श्रोत साधन सरकारले जुटाउने बताए । 

लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितका अध्यक्ष सूर्य बहादुर भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बुटबल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, नेकपाका नेता निर्मल जीसी, नेपाली काँग्रेसका नेता बिमल भट्टराई, अस्पतालका डा बिस्नु गौतम लगायले बोलेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts