भरतपुरमा गरिएको परीक्षणमा चितवनका १३ सहित २५ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, १७ असार । भरतपुरमा गरिएको परीक्षणमा चितवनका १३ सहित २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुर महानगरपालिका ९, ४, २२, २५ र २६ वडाका ४८, ४०, २१, २५, २६ र २२ वर्षीय ६ जना पुरुष, नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकाका विभिन्न उमेर समुहका २ जना महिला र ८ जना पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । 

त्यसैगरि, अस्पताल स्रोतका अनुसार अन्य कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेहरूमा भरतपुर अस्पतालमा उपचाररत माडी नगरपालिका ५ र ३ वडाका २५ र ७३ वर्षीय २ जना पुरुष, भरतपुर महानगरपालिका ७ र २२  वडाका २६ र ५० वर्षीय  पुरुष २ जना, भरतपुर महानगरपालिका ११ की ४५ वर्षीया महिला १ जना र झापा जिल्लाको दमक नगरपालिका ३ की ३५ वर्षीया एक महिला गरि जम्मा ६ जना रहेका छन् । चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका ७ का ६१ वर्षका पुरुष र राप्ती नगरपालिका १ की १२ वर्षीया महिला रहेकी छिन । चितवनको सेन्ट्रल अस्पतालमा उपचाररत गोरखा मनकामनाकी ३० वर्षीया महिला एक जना रहेकी छिन् ।

मंगलवार प्रयोगशालामा एक सय एक वटा नमूना परीक्षण गरिएकोमा २५ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । बाँकी अन्य ७६ वटा रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ । उनीहरूको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts