चन्दा संकलन गरी डडेल्धुरा अस्पतालमा स्थापित पिसिआर मेसिनबाट परीक्षण सुरु



Download our app to get more features

धनगढी, १८ असार । चन्दा संकलन गरी डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसिआर मेसिनबाट कोरोना परीक्षण सुरु भएको छ। 

बुधबार साँझ भ्यालिडेसन गरिएको मेसिनबाट विहिबार पहिलो दिन १२ जनाको स्वाब परीक्षण गर्ने अस्पतालका ल्याब इञ्चार्ज इश्वारी भुसालले बताए। नयाँ पिसिआर मेसिनबाट पहिलो परीक्षण गरेका १२ जनाको रिपोर्ट आएपछि पुनः परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको ल्याबमा पठाइने उनले बताए । उनले भने, ‘उता पनि यहाँको जस्तै रिर्पोट आए परीक्षणलाई निरन्तता दिइनेछ ।’ आज परीक्षण गर्न लागिएका स्वाबको रिर्पोट राति ९ बजेसम्म आउने भुसालले बताए। 

ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा चन्दा संकलन गरी खरिद गरिएको पिसिआर मेसिन जडान बुधबार साँझ सकिएको थियोे। धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इञ्जिनियरसहितको टोलीले पिसिआर मेसिनको गुणस्तर परीक्षण गरिरहेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts