राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुल्क माग गर्दै स्वाब फर्कायो



Download our app to get more features

दाङ, १९ असार । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरसको स्वाब परीक्षणका लागि शुल्क लिन थालेको छ । 

कोरोना परीक्षणको जिम्मेवारी पाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुल्क माग गर्दै संकलित स्वाब परीक्षण बिना नै स्थानीय तहमा फर्काएको छ ।

प्रतिष्ठानले तुल्सीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकाको स्वाब फर्काएको हो । प्रतिष्ठानले कोरोना परीक्षण वापतको रकम उपलब्ध गराउन अनुरोध गर्दै गर्दै स्वाव फर्काएको हो । 

प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाश प्रसाद देवले सबै स्थानीय तहलाई पत्र लेख्दै सरकारको दररेट अनुसार रकम सोधभर्ना गर्न अनुरोध गरेका छन् । हालसम्म निःशुल्क जाँच गर्दै आएको प्रतिष्ठानले पिसिआर परीक्षणका लागि प्रतिस्वाब पाँच हजार ५ सय रुपैयाँ लिन थालेको छ । केन्द्र र प्रदेश सरकारबाट रकम प्राप्त नभएको बताउँदै प्रतिष्ठानले स्थानीय पालिकाबाट शुल्क लिन थालेको बताइएको छ ।

गढवा गाउँ पालिकाले बिहिवार ३१ जनाको स्वाब संकलन गरेर परिक्षणको लागि पठाएको र प्रतिष्ठानले प्रति स्वाब पाँच हजार पाँच सय रुपैयाँ तिरे मात्रै स्वाब बुझ्ने बताएको गढवा गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ । गढवा गाउँपालिकाले प्रतिष्ठानले स्वाब नबुझेपछि संकलित स्वाब परीक्षणका लागि भैरहवा पठाएको छ ।

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts