सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३६ सय नजिक, ६ सय ९० जना डिस्चार्ज



Download our app to get more features

धनगढी, २१ असार । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३६ सय नजिक पुगेको छ । जसमा झण्डै ६ सय ९० जना डिस्चार्ज भएका छन् । 

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार शनिबारसम्म विभिन्न अस्पतालबाट ६ सय ९० जना डिस्चार्ज भएका छन् ।

सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालबाट एक सय ७१ जना उपचारपछि घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै डडेल्धुरा अस्पतालबाट एक सय ६ जना, महाकाली अस्पतालबाट ९९ जना, बयलपाटा अस्पताल अछामबाट ९८ जना, टीकापुर अस्पतालबाट ४८ जना, जिल्ला अस्पताल डोटीबाट ३८ जना डिस्चार्ज भएका छन् ।

जिल्ला अस्पताल बझाङबाट ३१ जना, जिल्ला अस्पताल अछामबाट २८ जना, जिल्ला अस्पताल बैतडीबाट १६ जना, मालाखेती अस्पताल कैलालीबाट १५ जना, जिल्ला अस्पताल बाजुराबाट १३ जना, गोकुलेश्वर अस्पतालबाट ६ जना, भजनी स्वास्थ्य केन्द्र र चौमाला प्राथमिकता स्वास्थ्य केन्द्रबाट पाँचरपाँच जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा अहिले सम्म तीन हजार पाँच सय ९४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशमा सबैभन्दा कैलालीमा अहिलेसम्म ८ सय २९ जनामा कोरोना देखिएको छ ।

यस्तै कैलालीपछि अछाममा पाँच सय ८६, डोटीमा पाँच सय ५३ र बाजुरामा पाँच सय ३ सय ९८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कञ्चनपुरमा तीन सय ९७, डडेल्धुरामा दुई सय ५८, बैतडीमा दुई सय ५७, बझाङमा एक सय ४६ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ ।

Last modified on 2020-07-06 08:15:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts