क्वारेन्टाइनमा रहेकाहरुलाई अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

२ सय ९३ जना नयाँ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि नयाँ कार्यविधि निर्धारण गरेको छ ।

कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले अनिवार्य मास्क लगाउनुपर्ने, घर फर्किने क्रममा नियमित रुपले पिसिआर परीक्षण गर्नु पर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने जस्ता कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा १ सय ३२ जना कोरोना संक्रमित निको भएर घर फर्किको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

उनले नेपालमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ६ हजार ५ सय ४७  जना निको भएको पनि बताए ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराए । उनले यो संख्यासँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ हजार ७ सय ८४ पुगेको बताए ।  

नेपालमा सबैभन्दा बढी प्रदेश २ मा ४ हजारभन्दा बढी संक्रमित भएका छन् भने सबैभन्दा कम बागमति प्रदेशमा ५ सयभन्दा बढी रहेका छन् । 

Last modified on 2020-07-06 07:56:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts