मुटु रोगीलाई भाइरस संक्रमणको जोखिम कतिको हुन्छ ? 


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

कोरोना भाइरस संक्रमणको जोखिम मुटुरोगी स्वासप्रश्वासको समस्या भएका, क्यान्सरका बिरामी, उच्च रक्तचाप, ६० वर्षमाथिका उमेरसमूहलाई बढी देखिएको पाइएको छ । साथै मृत्यु हुनेको संख्या पनि बढी यी बिरामी छन् ।

यसले मुटुको मांशपेशीलाई बढी असर गरेको देखिएको छ । पहिला नै कुनै न कुनै मुटुको रोग भएका मानिसलाई जोखम बढी हुन्छ । जस्तैः हटट्याक भइसकेपछि मुटुको मांशपेशी आफैमा कमजोर हुन्छ। यदी त्यस्तो व्यक्तिलाई कोरोना भाइरसका संक्रमण भएमा त्यो मांशपेशी झनै कमजोर हुन्छ। र मृत्यु हुने संभावना झनै बढेर जान्छ । 

vayoda

त्यसैगरी मुटु रोग नै नभएका हरुलाई पनि मुटको मांशपेशी कमजोर गराएर, मुटलाई हटट्याकको अवस्थासम्म पुर्याउने, मुटुको चाल गडबढ गराउने र हार्ट फेल नै हुन्छ । पहिला नै हार्ट फेल भइसकेको लाई त  कमजोर गराएर मृत्यु नै गराउँछ । नहुनेको पनि हार्ट फेल भएर मृत्यु भएको नै पाइएको छ । 

अमेरिकन कलेज अफ कार्डियोलोजीको तथ्याङअनुसार १० देखि १५ प्रतिशत माथि देखाएको छ। त्यसकारण मुटुरोगीहरुमा यो कोरना भाइरस भएको खण्डमा मृत्यु हुने संभावना बढी देखिएको छ। तर, लाग्दैमा मरिहाल्ने भन्ने पनि हुँदैन । यसबाट बाँचेकाहरु पनि छन् । तर, पनि बढी सचेत हुन आवश्यक हुन्छ । 

मुटु रोगीले कसरी सर्तकता अपनाउन सक्छन् त ? 

स्वस्थ खाना (हेल्दी डाइट), भिटामिनयुक्त खाना, सन्तुलित आहार, प्रसस्त मिनरल पाइने हरियो सागसब्जी खाने, फलफुल, सकेसम्म घरबाट ननिस्कने । विशेषगरी मुटरोगीले कुनै औषधि खाएको छ भने त्यो औषधि स्टक राख्ने । औषधि केही कारण नपाएर खाइएन भने समस्या निम्तिन सक्छ । 

शारीरक व्यायाय घरमै निरन्तर गर्ने । आफूलाई सक्रिय राखिरहने, जीवनशैलै परिवर्तन गर्ने, मनपरेको संगीत सुन्ने, तनाव कम गर्न योगाहरु गर्ने, नृत्य गर्न सकिन्छ, रोमान्टिक, कमेडि किमिसका फिल्म हेने लगायतका क्रियाकलाप गर्ने । र मानसिक रुपमा स्व्स्थ हुनुपर्छ ।   

कस्तो किसिमका मुटुरोगीलाई बढी जोखिम हुन्छ ?
विशेषगरी, हर्टअट्याक भइसकेका मुटुका बिरामी, अपरेसन गरेका विरामी बढी सचेत हुनुपर्छ । जसको मुटुको मांशपेशी पहिला नै कमजोर भइसकेको हुन्छ । मुटुको भाल्भ फेरेका बिरामी, उच्च रक्तचापको औषधि खाइरहेका बिरामी, मधुमेहका औषधि खाएका, ६० कटेकालाई जोखिम बढी हुन्छ । 

मुटु रोगीलाई नै जोखिम किन ?

कोरोनाबाट मर्ने कारणहरु फोक्सोलाई नै खराब पार्ने र मुटुका मांशपेशी कमजोर बनाउने । मुटु रोगी र मुटु रोग नभएकालाई सँगै राख्यो भने ती दुवैलाई कोभिड–१९ भयो भने मुटु रोग भएका व्यक्ति मृत्यु हुनसक्ने वा लामो समयसम्म आइसियु बस्नुपर्ने हुनसक्छ। धरै दुख पाउने संभावना बढेर जान्छ। किनिक उसको मुटु पहिला नै कमजोर हुन्छ । जसले गर्दा मुटुको चाल नै गडबढ हुनसक्ने, हार्ट फेल हुनसक्ने कारणले नै यो भाइरस लागेपछि रुप नै कडा हुने हुन्छ र मृत्यु हने संभावना बढी हुन्छ । 
त्यस्तो बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। किनभने मुटुरोगीको शरीरमा हुने रक्तसंचार अलि कम हुन्छ। साथै मुटुको पप्प गर्ने क्षमता पनि कम हुन्छ । 

रोकथाम कसरी हुन्छ ?

अहिले धेरै गाइडलाइन्सहरु पनि आएका छन् । आफै इमान्दार भएर आइसोलेट हनुपर्छ। जसले अरुलाई सर्नबाट जोगाउँछ। 
अर्को यस्तो शंका लागेमा अहिले धेरैजसो अस्पतालले फिभर क्लिनक संचालन गरेको छ । जस्तै विर हस्पिटल, टिचिङ, पाटन र अन्य निजी अस्पतालमा छ। विदेश तिर त विशिष्ट अस्पताल नै खोलेको छ । ती ठाउँमा गएर कारोना परीक्षण गर्नुपर्छ ।

यो अवस्थामा अपरेसन गरेर बसेका मुटुका बिरामीलाई कस्तो सुझाव दिनुहुन्छ ?

हाम्रो देशमा हजारौंको संख्यामा अपरेसन गरेर बसेका मुटुका बिरामी हुनुन्छ। जसले अहिले अस्पताल जानपाउनु भएको छैन र आफ्नो निरन्तर फलोअपमा जानसक्नु भएको छैन। विशेषगरी मुटुको भाल्भ फेरेका बिरामीले महिनामा कम्तिमा एकपटक पिटिआइएनआर परीक्षण गर्नुपर्छ ।

भाल्भ फेरका बिरामीले रगत पातालो गर्ने औषधि खाइरहनुभएको हुन्छ । विशेषगरी धातुको भाल्भ फेरेको बिरामीहरुले । त्यसको आधारमा महिनामहिनामा आइएनआर परीक्षण हेरेर औषधिको डोज लगाउँछौ ।

रगत धेरै पातलो भयो भने पनि रगत धेरै बगेर मान्छेको ज्यानपनि जान सक्छ । र रगत धेरै बाक्लो भयो भने भाल्भ फुट्नसक्छ र कालान्तरमा मान्छेको ज्यान पनि जानसक्छ। त्यसकारण आवश्यक लेभलमा बसोस् भनेरै महिनामा एकपटक परीक्षण गरिन्छ। यो बेला धेरैले फोन पनि गर्नुहुन्छ ।

यसकारण त्यस्तो बिरामीलाई संभावना छ भने पिटिआइएनआर परीक्षण गरेर फोनबाटै कन्सल्ट गरी औषधिको डोज मिलाउन सकियो । त्यो संभावना छैन, दुरदराजमा हुनुहन्छ भने अहिले जति डोज औषधि खानुभएको छ त्यही डोजमा खाने 

दुईतीनवटा कुरामा ध्यान दिनेः खानामा धेरै उतारचढाव नल्याउने । साविकको जुन खान खाएको छ त्यो खानामा धेरै परिवर्तन नलेराउने । 

खाँदा पनि तिनवटा कुरामा ध्यान दिनेः यो समयमा रातो मासु नखानुस्। हरियो सागसब्जी सकेसम्म कम खाएको राम्रो । कुनैपनि अमिले फलफुल नखाने। (अमिलोले रगत पातलो बनाउने झनै डर हुन्छ ।

सागपात र रातो मासुले रगत धेरै बाक्लो बनाउने सक्छ । त्यसैले यी कुरामा ध्यान दिनुपर्छ। त्यो बाहेक रगत पातलो बनाउने औषधि खाइरहेका बिरामीले शरीरको कुनैपनि अंगबाट रगत बग्यो भने जस्तैः नाकबाट, आँखाभित्रपट्टी बढी रातो भयो, ब्रस गर्दा गिजाबाट, दिसापिसाबमा रगत आयो भने त्यस अवस्थमा रगत पातलो हुने औषधि केही दिनको लागि रोक्दिनुपर्छ (दुइतीन दिन)। र त्यसपछि एकदुई डोज घटाएर औषधि खान सुझाव दिन चाहान्छु ।
कसैको छालामा ठूलो निलो डाम पनि आउनसक्छ यो सबै भयो भने रगत पातलो भयो भन्ने बुझिन्छ । अहिलेको अवस्थामा यति चाहि गर्न सकिन्छ । त्योबाहेक बाइपास सर्जरी गरेका बिरामी, मुटुको प्वाल टालेको बिरामी चाहि अलि कम जोखिमा छन् । तर, पनि उहाँहरुले पनि आफ्नो औषधि नियमित खानुपर्छ । 

रगत नजमोस् भनेर विशेषगरी धातुको भाल्भ फेरेका बिरामीले रगत पातलो बनाउने औषधि दैनिक खानुपर्छ । त्यसको एउटा रेन्ज हुन्छ आइएनआर भन्ने । त्यो भनेको रगत कति पातलो छ भनेर हेर्ने, यो आइएनआर औषधि नखाने सामान्य मान्छेको १ वा १.१को रेन्जमा हुन्छ । यो हेर्नुको कारण रगत बाक्लो भएत भाल्भ विग्रने हुन्छ । बाक्लो पातलोपना हेर्नको लागि, ड्यामेज नहोस भन्नका लागि। धेरै पातलो भएपनि मान्छेको ज्यान जान पनि सक्छ । त्यसैले महिनमा एकपटक हेर्ने गरिन्छ । भाल्भ फेरेको बिरामीको दुई र तीनको बीचमा हेर्छौं ।
  


 

Last modified on 2020-07-06 07:23:39

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts