स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय शिखर सम्मेलन सुरु

स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरीः मन्त्री ढकाल



Download our app to get more features

काठमाडौं, २२ असार । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय शिखर सम्मेलन २०७७ सोमवारबाट सुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित सम्मेलनको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उद्दघाटन गरेका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्बसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको बताए ।

उनले स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र आगामि दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुद्धृढीकरणका लागि स्वास्थ्य मन्त्रालयल तयार रहेको पनि उल्लेख गरे ।

उलने भने, ‘अहिलेको कोभिड–१९को महामारीको सम्बन्धमा नेपाल सरकारले निरन्तर रुपमा यसको विरुद्ध  खटिरहेको छ । त्यसै क्रममा परीक्षणको लागि एउटा मात्रै प्रयोगशाला रहेकोमा अहिले यो संख्या बढाएर २५ पुगिसेको छ र अझै विस्तार हुने क्रममा छ ।’
 
नेपाल सरकारले कोभिड १९ को नियन्त्रणका लागि लक डाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारीहरु निरन्तर रुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीतिहरु अपनाउँदै आएको भन्दै उनले साथै प्रभावित व्यक्तिहरुको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तहरुको उच्चतम अभ्यास भएको बताए । 

मन्त्री ढकालले हालसम्म नेपाल सरकारबाट भईरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारको तर्फबाट आवश्यकता अनुसार थप कार्यक्रमहरु गराउँदै जाने योजना लिएको छ र त्यसका लागि सबैको साथ ऐक्यवद्धता भई एकजुट रुपमा यस महामारी विरुद्ध लड्न आव्हान समेत गरे । 

भर्चुअल विधिबाट भइरहेको सम्मेलन भोलिसम्म जारी रहनेछ । सम्मेलनमा विश्वका विभिन्न देशका जनस्वास्थ्य वैज्ञानिकहरु सहभागि भएका छन् । सम्मेलनमा कोरोना महामारी, अन्य महामारी लगायतका विषयमा विश्वभर भइरहेको अभ्यास लगायतका विषयमा छलफल हुने छ ।

Last modified on 2020-07-06 13:26:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts