सुदूरपश्चिमका ९ सय ३८ जना कोरोना संक्रमित डिस्चार्ज, १ सय ३ जना मात्रै अस्पतालमा



Download our app to get more features

धनगढी, २४ असार । सुदूरपश्चिमका विभिन्न अस्पतालबाट नौँ सय ३८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ नौँ सय चार जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार शुक्रवार मात्रै ३४ जना संक्रमितलाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ । अछामबाट ३०, कैलालीबाट तीन र कञ्चनपुरबाट एक जनालाई डिस्चार्ज गरिएको उनले बताए । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, डोटीका एक सय ५७, कञ्चनपुरका एक सय तीन र कैलालीका ९९ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ । 

अछामबाट ९०, बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् । 

यस्तै सुदूरपश्चिम प्रदेशका एक सय एक जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने झण्डै दुई हजार नौँ सय संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन् । मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४२, मालाखेती अस्पतालमा २०, महाकाली अस्पतालमा १८, सेती अस्पतालमा नौँ, अछाम अस्पतालमा १०, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी एक सय एक जनाको उपचार भईरहेको छ ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार ८ सय नाघेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts