गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ४९, ३ सय ८६ स्वस्थ



Download our app to get more features

पोखरा, २५ असार । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट गण्डकीका ४ जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लमजुङको दूधपोखरीका एक, सुन्दरबजारका २ र राईनासका २ जना गरि पाँचजना पुरुष, पोखरा महानगरपालिकाका एक महिला र ३ जना पुरुष गरि चारजना, गोरखाको आरुघाटका एकजना पुरुष र भीसेनथापा गाउँपालिकाका एक जना महिला गरि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै, नवलपरासी बर्दाघाट सुस्तापूर्वका चारजना पुरुष, बागलुङ काठेखोलाका दुईजना पुरुष, म्याग्दीको बेनी र मंगलाका दुईजना पुरुष र तनहुँ सुक्लागण्डकीका एकजना पुरुष रहेका छन् । 

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ४९ पुगेको छ भने संक्रमित भएकामध्ये ३ सय ८६ जना निको भएका छन् । यस्तै ४ जनाको हालसम्म कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Last modified on 2020-07-09 13:59:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts