सरकारले स्यानिटाइजर दर्ताका लागि म्याद थप गरेको भन्दै एपोन असन्तुष्ट



Download our app to get more features

काठमाडौं, २५ असार । सरकारले स्यानिटाइजर दर्ताका लागि म्याद थप गरेको भन्दै नेपाल औषधि उत्पादक संघले विरोध जनाएको छ । 

संघका महासचिव विप्लब अधिकारीले नेपाली औषधि उद्योगहरुले उद्योगले सजिलै स्यानिटाइजर उत्पादन गर्न सक्ने र माग अनुसार सजिलै आपूर्ति पनि गरिरहेको समयमा सरकारले स्यानिटाइजर दर्ताका लागि ३ महिनाको म्याद थप गर्नु उचित नभएको बताएका छन् । 

उनले बिहीवार बसेको नेपाल औषधि उत्पादक संघको आकस्मिक बैठकले प्रधानमन्त्रीको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागमा समयावधि रोक्न भन्दै पत्र दर्ता गरिएको पनि बताए ।
               
औषधि व्यवस्था विभागले बजारमा रहेका स्यानिटाइजरको गुणस्तरको सुनिश्चितताका लागि हालसम्म कुनै कार्य नगरेको र यस अघि दिइएको ३ महिनाको समयावधि गुणस्तरीय स्यानिटाइजर दर्ताका लागी पर्याप्त भएकोले बिना गुणस्तर परिक्षण र दर्ता नै स्यानिटाइजर  आयात र उत्पादन गर्न दिने निर्णय पनि उचित नभएको दर्ता पत्रमा उल्लेख छ । 

नेपाल सरकारको निती बमोजिम स्वदेशमा नै पर्याप्त कच्चापदार्थ पनि उपलब्ध रहेको र हाम्रा ४० वटा उद्योगले पर्याप्त उत्पादन  पनि गरि आत्मनिर्भर भइसकेको यस उत्पादनको दर्ता समयावधि थपलाई ३ दिन भित्र रोकि दर्ता प्रक्रियाबाट आउने गुणस्तरीय उत्पादनलाई अनुमति दिनु पनि अनुरोध गरिएको छ । 

माग ३ दिन भित्र सम्बोधन नगरिए कडा रुपमा विरोधमा उत्रिन बाध्य हुने महासचिव अधिकारीले बताए । 

Last modified on 2020-07-09 18:18:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts