नेपालमा २४ घन्टामा भेटिएका कोरोना संक्रमितको संख्या साढे दुई महिना यताकै कम



Download our app to get more features

काठमाडौं, २५ असार । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो साढे दुई महिना यताकै कम फेला परेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी मिडिया ब्रिफिंगको क्रममा पछिल्लो २४ घन्टामा नेपालमा मात्र एक सय ८ जना नयाँ कोरोना संक्रमित थपिएको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

उनले विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८ जना नयाँ कोरोना संक्रमित फेला परेको भन्दै नेपालमा जेठ १३ गते एक सय एक जना संक्रमित देखिएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा १ सय ३९ जना स्वस्थ भएका छन् । प्रवक्ता डा गौतमका अनुसार नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये हालसम्म ७ हजार ८ सय ९१ जना निको भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारउा ३५ जनाको मृत्यु भइसकेको छ ।

Last modified on 2020-07-09 17:14:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts