नेशनल प्याथ ल्याबलाई पिसीआर विधिबाट कोरोना परीक्षणको अनुमति



Download our app to get more features

धनगढी, २५ असार ।  सरकारले नेशनल प्याथ ल्याब बुटवललाई पिसीआर विधिबाट कोरोना परीक्षणको अनुमति दिएको छ ।

सरकारले निजी क्षेत्रमा प्याथ ल्याबलाई कोभिड –१९ को मोलिक्युलर परीक्षण (पिसीआर) गर्न अनुमति दिएको नेशनल प्याथ ल्याब धनगढी शाखा प्रमुख हरीसिंह धामीले बताए । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्राविधिक टोलीको अनुगमन तथा मुल्यांकन रिपोर्टका आधारमा प्याथ ल्याबलाई अनुमति दिइएको हो । 

पिसीआर परीक्षण गर्न अनुमति दिने सम्बन्धि निर्देशिका अनुसार सबै मापदण्ड पुरागरी बुटवल –१२ बेलबासस्थित लायन्स उपचार केन्द्रको भवनमा बायोसेफ्टी लेबल–२ को अत्याधुनिक कोरोना परीक्षण ल्याब स्थापना गरेको धामीले बताए। लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सहयोगमा उक्त ल्याब स्थापना गरिएको उनले बताए । 

२४ घण्टा सेवा दिन सकिने उक्त प्रयोगशालाको दैनिक न्युनतम ३०० देखि ४०० नमूना परीक्षणको क्षमतो रहेको छ । उक्त प्रयोगशालामा ल्याबमा दक्ष प्याथोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट तथा ल्याब टेक्निसियन रहेका छन् । 

नेशनल प्याथ ल्याबले अहिले सरकारले उपलब्ध गराएको नमूना मात्रै परीक्षण गर्नुपर्नेछ र सोको भुक्तानी सरकारले नै दिनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts