चितवनमा १ सय ८३ नमुना परीक्षण गरिएकाेमा थप १ जनामा काेराेना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, २६ असार । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका थप १ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे छ ।

चितवनकाे भरतपुर महानगरपालिका १९ का ४५ वर्षीय पुरुषमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार प्रयाेगशालामा शुक्रवार एक सय ८३ वटा नमूना परीक्षण गरिएकोमा एक जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे । बाँकी अन्य एक सय ८२ वटा रिपोर्ट भने नेगेटिभ आएको बताईएकाे छ । त्यस्तै, चितवनमा बिहिवार एक सय ५९ नमूना परीक्षण गरिएकाेमा भरतपुर महानगरपालिका १६ का ३७ वर्षीय एक जना पुरूषमा मात्र काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे थियाे । यसलाई हेर्दा केही दिन यता चितवनमा नयाँ संक्रमितकाे संख्या घटेकाे देखिन्छ ।

असार १० गते बुधवार चितवनकाे प्रयोगशालामा २ सय ९७ वटा नमूना परीक्षण गरिएकोमा पाल्पा जिल्लाका विभिन्न स्थानका ८ देखि ५१ वर्ष उमेर समुहका ८७ जना पुरूष र ६ जना महिला गरि एकै पटक ९३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

चितवनमा अहिलेसम्म गरिएको परीक्षण मध्ये एकैदिन यति धेरै जनाको पोजिटिभ रिपोर्ट आएको त्याे नै पहिलो रेकर्ड हो । उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

Last modified on 2020-07-10 22:15:46

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts