विश्व जनसङ्ख्या दिवस

जनसङ्ख्या नियन्त्रणभन्दा पनि व्यवस्थापनमा सरकार सक्रिय: मन्त्री ढकाल



Download our app to get more features

काठमाडौं, २७ असार । विश्व जनसङ्ख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शुभकामना दिएका छन् ।

प्रत्येक वर्ष ११ जुलाईमा मनाइने दिवसको अवसरमा मन्त्री ढकालले नेपालमा जनसङ्ख्याको क्षेत्रमा सुधार आएको बताए ।

भिडियो सन्देश जारी गर्दै उनले नेपालमा जनसङ्ख्याको क्षेत्रमा राम्रा काम भएको भन्दै जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन् अधिकारको पृष्टिपोषण, प्रजनन् स्वास्थ्यमा सुधार,  बालबाविवाहमा कमीे, सुरक्षित मातृत्व लगाउतका क्षेत्रमा सरकारले ठूलो प्रगति गरिसकेको दावी गरे ।

मन्त्री ढकालले जनसंख्याका यी क्षेत्रमा राम्रा काम भएपनि अझै यी क्षेत्रमा काम गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘कोरोना महामारीका कारण विशेष कार्यक्रम गरि दिवस मनाउन नसकिएपनि सरकारको प्राथमिकता जनसङ्ख्या वृद्धिमा नियन्त्रणभन्दा पनि जनसङ्ख्याको उचित व्यवस्थापन भएको त्यहि अनुरुप काम हुँदैछ ।’

सरकारले तय गरेको पञ्चवर्षीय योजना लगायत दिगो विकास लक्ष्यमा पनि जनसङ्ख्याको व्यवस्थापनलाई प्रथामिकतामा राखेको भन्दै मन्त्री ढकालले अव्यवस्थित शहरीकरणको व्यवस्थापनमा सरकार लागि रहेको उल्लेख गरे ।

‘कोभिड–१९ को संक्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौं’ नाराका साथ यस वर्षको विश्व जनसङ्ख्या दिवस मनाउन थालिएको छ । 
 

Last modified on 2020-07-11 09:00:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts