सरकारले तोकेको निर्देशिका बाहेकका कोभिड-१९ को नमूना परीक्षणका लागि थप ६ प्रयोगशालालाई अनुमति

यस्तो छ सरकारले तोकेको प्रयोगशालाको सूची



Download our app to get more features

काठमाडौं, २७ असार । सरकारले तोकेको निर्देशिका बाहेकका कोभिड-१९ नमूना पिसिआर परीक्षण गर्नका लागि ६ वटा प्रयोगशालालाई स्विकृति दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको नेतृत्वमा असार २४ गते बसेको बैठकबाट ६ प्रदेशमा ६ वटा प्रयोगशालालाई सम्पूर्ण परीक्षणमा २५ प्रतिशत नबढाई ५५ सय रुपैयाँ शुल्क लिएर कोरोना परीक्षण गर्न स्विकृति दिएको हो ।

मन्त्रालयले यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर र वीर अस्पताललाई स्विृति दिएझै थप ६ प्रदेशमा ६ वटा प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षणका लागि स्विकृति दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनका अनुसार सरकारी प्रयोगशालामा सरकारका निर्देशिकाभन्दा बाहेकका व्यक्तिले चाहेमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउने बाटो खुला भएको छ ।

थप गरिएका प्रयोगशाला यस प्रकार छन् :
प्रदेश नम्बर १ मा कोशी अस्पताल
प्रदेश नम्बर २ मा नारायणी अस्पताल
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रदेश नम्बर ५ मा लुम्बिनी अस्पताल बुटवल
कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत 
सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढी 

Last modified on 2020-07-11 10:10:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts