चितवनमा पाँच जना कोरोना संक्रमित थपिए 



Download our app to get more features

चितवन, २८ असार । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका थप पाँच जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

चितवनको क्वारेन्टिनमा रहेका भरतपुर महानगरपालिका ५, १५, १६ र २४ वडाका ३६, ३८, ४३ र ३६ वर्षीय ४ जना पुरुष त्यसै गरि २७ वर्षीया एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् । 

उनका अनुसार प्रयोगशालामा शनिवार एक सय २९ वटा नमूना परीक्षण गरिएकोमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो । बाँकी अन्य एक सय २४ वटा रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ ।

उनीहरूको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।

Last modified on 2020-07-12 09:27:05

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts